आहा राराकाे २२ औं संस्करण पर्सिदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने
जन्मभुमि खबर ,
पाेखरा ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण पुस १४ देखि २३ गते सम्म पोखरा रङ्गशाला हुदै छ । प्रतियाेगिताकाे तयारी बारे आज सहारा क्लबले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।
प्रतियाेगितामा दस टिमकाे सहभागिता रहने भएकाे छ ।
नेपाल ए. पि. एफ. क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब,मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब,चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, . Bhutanese Youth Sports Club, Minnesota, USA,नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब र आउाेजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने पक्का भएकाे छ।
प्रतियाेगिताकाे पुरस्कार राशिमा बृद्दी गरिएकाे छ । प्रथम पुरस्कारमा २ लाख थप गरि रु.१२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरि ६ लाख कायम गरिएको छ | वेष्टअफ फाइभलाइ नगद पुरस्कार ब्यवस्था रहेकाे छ । सर्वाधिक गोलकर्तालाई २५ हजार , प्रत्येक खेलको Man Of The Matchपुरस्कार रु.८ हजार र फाइनल खेलमा नगद पुरस्कार श हजार, टिम नगद पुरस्कार दस -रहेको छ ।
०५८ मा सम्पन्न भएको क्याराभान गोल्ड कप सहित २२ औं संस्करण बाट नामांकित यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने सहारा क्लबले जनाएकाे छ ।
हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना प्रशिक्क्षार्थी छन उक्त एकेडेमीको श्रोत नै यस प्रतियोगिता रहेको सहाराले जनाएकाे छ ।दा सम्पूर्ण खेलप्रेमीहरुबाट सहयोगको अपेक्षा राखेका छौ ।
प्रतियोगिताको कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । गत वर्षकों विजेता ए.पी.एफ. क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब रहेक थिए ।
प्रतियोगिता अवधिभरमा रु.एक लाख बराबरको चाउचाउ निःशुल्क मुख्य प्रायोजक द्वारा वितरण गरिने छ | यस पटकको टिकट दर प्रि र क्वाटर फाइनलमा रु.१०० / सेमी फाइनल रु.२०० / फाइनल को रु.३०० / कायम गरिएको छ तदनुरूप VIP तर्फको प्याराफिटमा प्रि र क्वाटर रु.२०० /सेमी फाइनल रु ४०० /फाइनल रु.५०० कायम गरिएको छ प्रतियोगिता अवधिभरको सिजनल टिकट रु.२००० /- राखिएको छ ।