साँझ ५ बजेसम्म मतदान स्थगितको सूचना नटाँस्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले सामान्य विवादका कारण कुनै मतदान केन्द्रमा मतदान स्थगन गर्नुपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने जनाएको छ।
निर्वाचन आयोगले सामान्य विवादका कारण कुनै मतदान केन्द्रमा मतदान स्थगन गर्नुपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने जनाएको छ।
विभिन्न मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएका खबर आउन थालेपछि आयोगले आफ्नो अनुमतिबिना मतदान नरोक्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको हो।
‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ’, आयोगले सूचनामा भनेको छ, ‘स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।’