जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनको मुल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपियाँले घटेर ९३ हजार २ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपियाँ रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा १० रुपियाँले घटेर १२ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानेको छ।