जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गौरीशंकर बहुमुखी क्याम्पसको ३२ औ वार्षिकोत्सव सम्पन्न

विवेक न्याैपाने
हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसको ३२ औ वार्षिकोत्सव सोमबार एक कार्यक्रमबीच भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उच्च शिक्षा सर्व नागरिकका लागि नभएको यो गर्दै मानिसले आफ्नो रुचिअनुसार पठनपाठन गर्नुपर्ने बताए मेयर आचार्यले कतिपय अभिभावकले दवावमा पारी आफ्ना बाबुनानीलाई जबर्जस्ती उनीहरुको इच्छा विपरीत शिक्षा लिन बाध्य गराइराखेको तर्फ संकेत गर्दै मेयर आचार्यले राज्यले माध्यमिक तहसम्मको शिक्षालाई भने अनिवार्य गरेको स्पष्ट पारे । मेयर आचार्यले थुप्रै चुनोतीका बीच सामुदायिक क्याम्पसहरु सञ्चालन भइरहेको जनाउदै आगामी दिनमा ती क्याम्पसमा विशिष्टीकरण गरी प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने औल्याउनु भयाे ।

उहाँले प्राध्यापकलाई पनि आफ्नो विषयवस्तु बुझेर अध्यापन गर्न सुभाव दिएमा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले शैक्षिक गुणस्तर कायम गरी विद्यार्थी संख्या वृद्धि गर्न क्यापसलाई दिँदै
क्याम्पस लगायत वडा नं २५ सँग सहकार्य गर्न गाउँपालिका तयार रहेको स्पष्ट पार्नु भएको हो ।

हेमजाका वडाध्यक्ष तथा महानगरपालिका प्रवक्ता मोतीराज तिम्सिनाले क्याम्पसका समस्या समाधानका लागि वृहत छलफल आवश्यक रहेको जनाउदै छलफलबाट प्राप्त निष्कर्ष कार्यान्वयन गर्नुपर्ने सुभाष दिनुभयाे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण पौडेलले क्याम्पस कास्की क्षेत्र नं .३ के अग्रणी भूमिका खेल्नुपर्ने जनाए क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले आरोह अवरोहका बीच भइरहेको सुनाउदै हाल २ सय विद्यार्थी रहेको बताउनु भयाे । क्याम्पस संघ कास्कीका सविता कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर क्याम्पसमा सञ्चालित महायज्ञका दानवीर भागवत नेपाल पूर्व उपाध्यक्ष मधुसूदन त्रिपाठी , पूर्व अध्यक्ष धर्मराज बास्तोला , पूर्व क्याम्पस प्रमुख ओमबहादुर कुवर , छात्रवृत्तिका संस्थापकद्रय डा . दिनेश बास्तोला र भानुभक्त शर्मा पौडेल , गाैरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर लगायतले बोल्नु भएको थियोे ।

कार्यक्रमका बीचमा विभिन्न छात्रवृत्ति वितरण गरिनुका साथै अतिरिक्त क्रियाकलापका पुरस्कारहरु पनि प्रदान गरियो । त्यस्तै संस्थापक अध्यक्ष स्वः कृष्णलाल त्रिपाठीको स्मृतिका उनका परिवारले हजार ७१ हजार १ सय ११ को अक्षयकोष पनि स्थापना गर्नु भयो ।

यसैबीच भेलाले पुनः देवकृष्ण पौडेलको अध्यक्षतामा ३ वर्षे कार्यकालका लागि क्याम्पस सञ्चालक समिति पनि गठन गरेको छ । उपाध्यक्षमा रमा त्रिपाठी तथा सदस्यहरु वसन्त त्रिपाठी , कृष्णबहादुर कुँवरबहादुर र देवीप्रसाद अधिकारी छनोट हुनु भयाे । पूर्व सञ्चालक समितिका अध्यक्ष भुवनेश्वर शर्मा पौडेल संयोजक तथा भीमप्रसाद श्रेष्ठ र मीनबहादुर पराजुली थापा सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो ।
सञ्चालक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रमा त्रिपाठी विद्यार्थी धनदेवी जिसीले स्वागत तथा सहायक प्रमुख दीपक त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नु भएको हो ।