रुघाखोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना
राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। भाइरल ज्वरोको लक्षण देखिएपछि उनी महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालय जनाएको छ।
उनका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ। भाइरल ज्वरोको आशंका गरिएको छ। अहिले स्वास्थ्य परीक्षण भइरहेको छ।’
स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो।