जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेष्ठ नागरिक मन्च पोखरा १७ को दोस्रो साधारण सभा सम्पन्न ।

बिवेक न्यौपाने
जेष्ठ नागरिक मन्च पोखरा १७ को दोस्रो साधारण सभा शनिवारका दिन सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नं १७ की वडा अध्यक्ष राधीका कुमारी शाही योगीले जेष्ठ नागरिक लाई जुनसुकै समस्याहरुलाई समाधान गर्न आफु तत्पर रहेको जानकारी गराइन ।

यस्तौ विशेष अतीथीमा नेपाली कांग्रेस वडा नं १७ का सभापति देवराज आचार्यले आफूले जेष्ठ नागरिकका लागि स्थानीय,संघ, प्रदेश र केन्द्र सरकार सम्म आवश्यक भुमिका खेल्ने बताए।

जेष्ठ नागरिक मन्च पोखरा १७ अध्यक्ष टोपराज ढुंगानाले पोखरा १७ का विभिन्न ठाउँमा भजन कीर्तन सहीत दिवा सेवा
निकट भविष्यमा हुने कुरामा जोड दिए।

यस कार्यक्रमको सञ्चालन संस्थाका सचिव धर्मदत्त तिमिल्सिनाले गरेका हुन।