कपिल पाेखरेलकाे कार्यकालमा भएकाे थियाे महत्त्वपूर्ण काम गाेरखा मिलन समाज पाेखराकाे अध्यक्षमा कोपिला श्रेष्ठ निर्बिरोध ।
विवेक न्याैपाने
गाेरखा मिलन समाज पाेखराकाे २३ औं वार्षिक साधारण सभा एवं १२ औं अधिवेशन २०७९ शनिबारका दिन मझेरी फुडल्यान्ड राष्ट्रबैंक चाेकमा सप्पन्न भएकाे हाे ।
समाजकाे संक्षिप्त परिचय तथा दुई वर्षे कार्यकाल (२०७७-२०७९)काे प्रगतिहरू : रमाइलो बनभाेज कार्यक्रम,भित्तेपात्राे विमाेचन,किर्तिमानी आराेही पुर्णिामा श्रेष्ठलाई सम्मान,समाजकाे स्थापना दिवसमा वात्स्यायन वृद्धाश्रमलाई सहयाेग,कलाकारिता र संस्कृतिमा टेवा लगायत धेरै महत्त्वपूर्ण कामहरू कपिल पाेखरेलकाे कार्यकालमा भएकाे थियाे ।
सम्पन्न गोरखा मिलन समाज पोखराको २३ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट अध्यक्षमा कोपिला श्रेष्ठ, उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा सन्तबहादुर लामिछाने, सचिवमा शितल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल, सह-कोषाध्यक्षमा पुनम गुरुङ श्रेष्ठ र सदस्यहरुमा शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी , बिकास नेपाली, अनुप पाण्डे, काजीबाबु श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएकाे हाे ।