गण्डकी प्रदेश सहित केही प्रदेशमा भारी वर्षाकाे सम्भावना
देशभर आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
गण्डकी, बागमती, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने विभागले जनाएकाे छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।