जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सहित केही प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

देशभर शनिबार बिहानैदेखि मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बाँकी प्रदेशका एकदुई स्थानमा समेत हल्का वर्षा भइरहेको विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।