श्री मिलन चण्डिकालीका कृषि सहकारी संस्थाको अन्तरक्रिया सम्पन्न ।
पोखरा ।
श्री मिलन चण्डिकालीका कृषि सहकारी संस्था लिमिटेड पोखरा २१ एकहातेले आयोजना गरेको कृषि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रम्मा पोखरा महानगर कृषि शाखाले किसानलाई लक्षित कार्यक्रम तथा यस वर्ष किसानलाई दिइने अनुदान र सो अनुदान लिन आवश्यक प्रमाण का बारेमा जानकरी गराईएको थियो ।सो कार्यक्रममा पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडेरियाले महानगर कृषि शाखाले गरेका कार्य तथा भावि योजनाका बारेमा जानकरी गराउनु भएको थियो ।
सो कार्यक्रममा किसानले उत्पादान गरेका बस्तुलाई कसरी व्यावस्थापन तथा बजारीकारण गर्ने भने बारेमा किसानलाई जानकरी गराउनु भएको थियो । कार्यक्रम्मा मत्सयपालन विभाग प्रमुख सुरज चिलवालले पनि आफना भनाई राख्नु भएको थियो । कार्यक्रम्मा सहभागि ४० जाना किसानलाई काउली,बन्दा,मुला, प्याज,गाजर तथा लशुनको विउ भिजन समेत प्रधान गरिएको थियो । कार्यक्रम सस्थाकी उपाध्यक्ष गंगा देवि गुरुङ्ग अध्यक्षता तथा कार्यक्रम संंचालन सचिव कविराज पौडेलले गर्नु भएको थियो ।