बढ्यो सुन चाँदीको मुल्य
स्थानीय बजारमा सोमबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिनको तुलनामा सुन १०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
गत कारोबार दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ११५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।