जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै आज सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै  तेजाबी सुन पनि तोलामा ५ सयले बढेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।