जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फुटसल जर्सी हस्तान्तरण तथा उदघाटन कार्यक्रम सम्पन्न।

सिओल ।
कास्की परिवार दक्षिण कोरियाको फुटसल टिमको लागि नेपकोर् इन्टरटेनमेन्ट दक्षिण कोरिया मार्फत १८ सेट फुटसल जर्सी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
दक्षिण कोरियाको सिओल नजिकै रहेको फुटसल खेल मैदानमा सम्पन्न उक्त कार्यक्रममा नेपकोर इन्टरटेनमेन्टका प्रतिनिधि तथा कास्की परिवार दक्षिण कोरियाका साधारण सदस्य तुरण बहादुर गुरुङ ज्यूले कास्की परिवार दक्षिण कोरियाकी केन्द्रिय अध्यक्ष आरती ह्योल्मो ज्यूलाई जर्सी हस्तान्तरण तथा उदघाटन गरी सहयोग गर्नु भएको हो।
कास्की परिवार दक्षिण कोरिया लाई यति ठूलो सहयोग गरिदिनु भएको नेपकोर इन्टरटेनमेन्ट परिवारका सम्पूर्ण टिमलाई कास्की परिवार दक्षिण कोरियाको तर्फबाट अध्यक्ष ज्यूले हार्दिक धन्यवाद साथै आगामी दिनमा पनि यस्तै किसिमको साथ सहयोग एक आपसमा गर्दै संस्था संस्था बीचको सम्बन्ध विस्तार गर्दै अगाडि बढ्न आफ्नो र संस्थाको तर्फ बाट सधैं सकारात्मक सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।साथै जर्सी निर्माण, हस्तान्तरण तथा उदघाटन कार्यक्रम सम्पन्न गर्नमा विशेष सहयोग गर्नु हुने कास्की परिवार दक्षिण कोरियाका फुटबल संयोजक रूप गुरुङ,खेलाडी साथी हरु हिमांशु गुरुङ, दिपक परियार, धुर्ब गुरुङ, सुभाष गुरुङ,लगाएतका साथी हरुलाई हार्दिक धन्यवाद दिँदै आगामी खेल यात्रा सफल रहोस् भनी शुभकामना समेत व्यत गर्नु भएको थियो।
जर्सी हस्तान्तरण तथा उदघाटन कार्यक्रममा नेपकोर इन्टरटेन्मेन्टको तर्फ बाट तुरण बहादुर गुरुङ ज्यूले यसरी संस्थालाई सहयोग गर्न पाउँदा आफू हरुलाई गर्वको अनुभूति भएको र आगामी दिनमा पनि सक्दो सहयोग ,हौसला प्रदान गर्ने प्रतिबद्धता जनाउँदै प्रवासमा एकआपसमा सहयोग आदान प्रदान गर्दै सुख दुःख साट्दै अगाडि बढ्ने प्रतिबद्धता समेत राख्दै कास्की परिवार दक्षिण कोरियाको फुटसल टिमलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।