श्री शिवपुराण ज्ञान महायज्ञ पाेखरा २६ बुढिबजारले आम्दानी ७२ लाख ७६ हजार १८३ गर्यो
विवेक न्याैपाने
पोखरा,लाेक साँस्कृतिक संरक्षण समिति तथा उज्ज्वल आमा समुहको संयुुक्त आयाेजनामा श्री शिवपुराण ज्ञान महायज्ञ यहि साउन १४ गते देखि २२ गते सम्म पाेखरा २६ सक्नेरी सिद्धेश्वर मन्दिरमा भएकाे कार्यक्रमकाे आय व्याय शनिबारका दिन सार्वजनिक गरिएको छ ।
लाेक साँस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाले आय व्याय सार्वजनिक गर्दै कसैकाे शिर ननिहुराउने खालकाे वातारणका साथ हिसाब सार्वजनिक गरिएकाे बताए ।
महायज्ञकाे कुल आम्दानीमा ७२ लाख ७६ हजार १९७ ,खर्चमा १३ लाख ३ हजार ५३० र बचतमा ५७ लाख ९९ हजार १८३ भएकाे संस्थाका काेषाध्यक्ष राममणी बरालले जानकारी दिए ।
यस हिसाब सार्वजनिक कार्यक्रमको संचालन संस्थाकि महासचिव तारा ढकालले गर्नु भयको हो ।