६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६ सय ८२ परीक्षणमा ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३ सय २६ र दुई हजार ७ सय ४० एन्टिजेन परीक्षणमा ३ सय ३४ जना गरी ६ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार ९ सय ७१ पुगेको छ । आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको मन्त्रालयले जनाएको छ ।