पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित गौरीघाटमा रहेको पोखरा इन्टरनेसनल होटेलमा आफन्तसंग पोखरा घुम्न आएका भारतीय नागरिकको छतबाट खसेर आज बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतकाे मेङलाेर घर भयका ४५ वर्षीय भानु प्रकाश रहेका छन् ।
सोही होटेलमा गत मंगलबारदेखि बस्दै आएका उनको अचानक तीन तला माथिबाट खसेर मृत्यु भएको हो ।
भानुको शवको पाेष्ठमाटमकाे लागि गण्डकी हस्पिटल लगेकाे र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।