जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित गौरीघाटमा रहेको पोखरा इन्टरनेसनल होटेलमा आफन्तसंग पोखरा घुम्न आएका भारतीय नागरिकको छतबाट खसेर आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतकाे मेङलाेर घर भयका ४५ वर्षीय भानु प्रकाश रहेका छन् ।
सोही होटेलमा गत मंगलबारदेखि बस्दै आएका उनको अचानक तीन तला माथिबाट खसेर मृत्यु भएको हो ।

भानुको शवको पाेष्ठमाटमकाे लागि गण्डकी हस्पिटल लगेकाे र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।