पोखरा सभागृहमा बसको ठक्करबाट लेकसाइड बस्ने ७५ वर्षीया बृद्धाको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखराको सभागृहमा आज बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कस्कीका अनुसार म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ घर भई हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजाको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएपछि उनलाई नजिकैको गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बुधबार बिहानै पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बृद्धालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।