म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरोले सडक अबरुद्ध
मुस्ताङ जाने सडकमा पहिरो खसेपछि सबै यातायात अवरूद्ध भएको छ। आइतबार बिहान ११ बजे मुस्ताङको ‘काभ्रेभीर सडक माथिबाट चट्टान र माटो खसेको हो। सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ, पहिरो रोकिएपछि सडक खुलाउने पहल गर्नेछों ,उनले भने,’हामीले आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउनतर्फ लाग्छौ, एक दुई दिनमा सडक खुल्न सक्छ।’
सडक अवरूद्ध भएसँगै मुस्ताङ जान लागेका सयौं सवारी साधान बिच बाटोमै अलपत्र परेका छन् ।
पहिरो खस्ने क्रम अझै नरोकिएकाले बाटो खुलाउन केही समय लाग्ने घटनास्थलममै रहेका मुस्ताङका पत्रकार निरज थकालीले जानकारी दिए।