जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामेछापमा बस दुर्घटना : नौजनाको मृत्यु, २४ जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको छ।

सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले जानकारी दिइन । दुर्घटनास्थलमा अहिलेसम्म ९ जनाको शव भेटिएको छ।

‘उपचारका लागि उद्धार गरेर लगिएका तीन जनाको पनि मृत्यु भएको सूचना मैले पाएको छु’, उनले भनिन्।

रामेछाप जिल्ला प्रहरी कार्यालय प्रवक्ता राजुप्रसाद ढकालका अनुसार बा ३ ख ८३९६ को बस बिहान १०:१० बजे दुर्घटना भएको हो।
दुर्घटनास्थल ९ जनाको शव भेटिएको र २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए।

घाइतेहरुको उद्धारका लागि सुनापति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहितको टोली दुर्घटनास्थल पुगेको छ।

मृतकको संख्या बढ्न सक्ने बताइएको छ। विस्तृत विवरण आउन बाँकी छ।