जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बस सहचालक पुलमुनि मृत फेला

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका २६ र २७ को सिमानामा पर्ने गढुवा खोलाको पुलमुनि एक युवक मृत फेला परेका छन् । मृतक लेखनाथ नगर बस सेवामा कार्यरत सहचालक रेसम रहेको खुलेको छ ।

अन्दाजी २५ वर्षीय रेसम उदयपुरका स्थायी बासिन्दा हुन् । उनी हाल पोखरा २६ रविमहल आसपास बस्दै आएका थिए । उनलाई धेरैले ‘गाईघाटे’ भनेर चिन्ने गर्थे । डाँडाको नाक प्रहरी बिट अगाडि रहेको पुलमुनि उनको शव भेटिएको हो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि गण्डकी अस्पताल पठाएको छ । यो घटना बिहीबार साँझ भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।