जन्मभुमि खबर ,
पोखरा ।
कास्की प्रहरीले तनहुँबाट चोरी भएको स्कुटरसहित एक युवकलाई पोखराबाट पक्राउ गरेको छ ।
गत चैत १५ गते तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ बेलचौतारास्थित पाँचौ शुक्ला महोत्सवको समयमा पम्फा कुमारी थापाको नाममा रहेको ग १४ प ४६०२ नम्बरको स्कुटर चोरी भएको थियो ।
चोरी भएको उक्त स्कुटरको नम्बर परिवर्तन गरी ग १४ प ७१०८ बनाएर चलाइरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ११ रानिपौवा बस्ने २० वर्षीय सुदिप परियार रहेका छन् ।
स्कुटर र चालक परियारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँमा पठाइएको छ ।