जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवा तालमा बोट पल्टिँदा खसेका युवकको उद्धार

जन्मभुमि खबर ,

पोखरा ।

फेवा तालमा बोट पल्टिँदा खसेका एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

बुधबार कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवा तालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका युवकको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्दै थापाले बताए ।

तनहुँको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका-६ बैदाममा बस्ने २८ वर्षी सुबिन ठकुरीले चलाएको कायक बोट पल्टिएको थियो । फेवा ताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको रेस्क्यु टोलीले उनलाई उद्धार गरेको हो ।