जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

आज बिहान ११ः१५ बजे पोखरा १८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय आरेस लामाको मृत्यु भएको हो । लामा खपौदीकै हुन् ।

सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सातजनाको गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजी गरेको थियो । गोताखोरले १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेका थिए ।

उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा १० रामघाट पठाइएकोमा उपचारको क्रममा दिउँसो १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।