जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरको मितेरी सहर मित्रराष्ट्र चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहारस्वरूप प्रदान गरेको अत्याधुनिक एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री आज पोखरा आइपुगेको छ ।
लिञ्जी सहरले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत स्वास्थ्य सामग्री पोखरालाई सहयोग गरेको हो । विसं २०७९ मा पोखरा महानगरको नयाँ नेतृत्वलाई स्वागत गर्दै लिञ्जीले ती सामग्री सहयोगको घोषणा गरे पनि रसुवा (केरुङ) नाकामा भन्सार प्रक्रियाका कारण रोकिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।