फेवातालमा फसेका पाँच भारतीयको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
जन्मभुमि खबर ,
पोखरा ।
कास्कीस्थित फेवातालमा फसेका पाँच भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ । बिहीबार सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार गरेका हुन् ।
पोखरा महानगरपालिका–२२, पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक हावाहुरी र छालको कारण उनीहरू डुंगामा फसेका थिए ।
फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको जनाइएको छ ।