जन्मभुमि खबर ,
पोखरा ।
पोखराको भीआर मोटरसाइकलले स्कुटरलाई ठक्कर दिंदा एक किशोरको ज्यान गएको छ ।
पोखराको न्युरोडस्थित पुरानो महानगरपालिका कार्यालय अगाडी आज दिउसो ग१८प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १०प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिंदा भएको दुर्घटनामा १७ वर्षीय किशोरको निधन भएको हो ।
उक्त दुर्घटनामा परेर पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारी घर भएका १७ वर्षीय सिर्जन तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा गम्भीर घाइते भएका तिवारीलाई तत्काल उद्धार गरेर उपचारका लागि न्युरोडकै पदमाश्री हस्पिटल पुर्याइएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा पुर्याइएको थियो। तर सो अस्पतालले घाइते तिवारीको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।