जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् ।

उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् ।

सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।