जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जल्धारे टाेल बिकास संस्थाकाे साधारण सभा सम्पन्न

पाेखरा महानगरपालिका वडा नम्बर २६ मा रहेकाे जल्धारे टाेल बिकास संस्थाले शनिबारले एक कार्यक्रम गरि आफ्नो २१ओैं बार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।

कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबं पाेखरा महानगर पालिका २६ का वडा सदस्य सुदिपराज ढुङगानाले टाेल बिकास भनेकाे समाजका ऐना हुन हरेक समाजमा बिकासका काम गर्दा टाेल बिकासकाे अति महत्व रहेकाे हुन्छ , समुदायमा हरेक गतिबिधिमा टाेल कुनै न कुनै माध्यम बाट सहभागिता रहेकाे हुन्छ, यसमा महानगर तथा वडाले हरेक बिकास निर्माणमा टाेल बिकास सगं हातेमालाे गरेर अगाडि बढिरहेकाे बताए ।

संस्थाका अध्यक्ष महेन्द्र ढुङ्गानाकाे अध्यक्ष तामा सम्पन्न कार्यक्रममा जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्र का अध्यक्ष मनाेहरी ढुङ्गाना, संस्थाका पूर्ब अध्यक्ष सीता पाठक ढुङ्गाना , सल्लाहकार ईन्द्र प्रसाद ढुङ्गाना, सल्लाहकार लेखनाथ ढुङ्गाना, लगाएतले संस्थाकाे बिकास र आगामी दिनमा गर्नु पर्ने कामकाे बारेमा धारणा राख्दै शुभकामना ब्यक्त गरेका थिए ।

तेसैगरि कार्यक्रममा संस्थाका काेषाध्यक्ष बिवेक ढुङ्गानाले आर्थिक र सचिब महादेब ढुङगानाले बार्षिक गतिविधि र आगामी याेजनाकाे प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थााकि सदस्य सीता अधिकारी ढुङ्गाले स्वागत तथा सचिब महादेब ढुङ्गानाले सन्चानल गरेका थिए ।