जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एसईईको नतिजा सार्वजनिक , गत वर्षभन्दा ५ प्रतिशत सुधार

जन्मभुमि खबर ,

पोखरा ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । एसईई परीक्षा सञ्चालन भएको एक महिनामा सार्वजनिक गरेको हो । ६५. ९८ प्रतिशत ग्रेडेड भएका छन् ।

नतिजाअनुसार, एसईईमा सहभागी परीक्षार्थीमध्ये एक लाख ४६ हजार ५०७ जना नन ग्रेडेड छन् । कुल परीक्षार्थीमध्ये दुई लाख ८४ हजार १६० जना मात्रै उत्तीर्ण भएका हुन् ।

नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।

कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?
– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np
– नेपाल टेलिकम : www.see.ntc.net.np
– कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
– इडियु सञ्जाल : www.see.edusanjal.com
– खल्ती : https://khalti.com/app