जन्मभुमि खबर ,
पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस रकम लिएको सूचनाका आधारमा एकजना प्रहरी हबलदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्रलाई अख्तियारकाे पाेखरा कार्यालयले पक्राउ गरेको हो ।
हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।
सोही सूचनाका आधारमा पोखरा महानगरपालिका–४ स्थित खाजाघरबाट उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जानकारी दिएको छ ।