जन्मभुमि खबर ,
पोखरा ।
क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीबाट नव वर्ष २०८३ को पावन अवसरमा, आफ्नो दोस्रो वार्षिक साधारण सभा तथा भित्तेपात्रो विमोचन कार्यक्रम २०८३ सहित बिज्ञापन दातालाई सम्मान गरिएको छ ।
कार्यक्रम क्षत्री समाज नेपाल केन्द्रिय समिति अध्यक्ष रिव वहादुर थापाज्यूको प्रमुख आतित्यथातामा, बिशिष्ठ अतिथि केन्द्रिय समिति कोषाध्यक्ष एवं कास्की जिल्लाका लागि केन्द्रको प्रतिनिधि शंकर बहादुर के सीज्यू, गण्डकी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारीज्यू सहितको उपस्थितिमा आज समाजको भवन परिसरमा रहेको हलमा सभ्य रुपमा सम्पन्न भयको छ ।
क्षत्री नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष दिल वहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षत्री नेपाल जिल्ला समिति कास्कीका भातृ समाजहरू क्रमश जिल्ला महिला समिति, जिल्ला भुपु समिति , जिल्ला युवा समिति, पोखरा महानगर समिति, अन्नपूर्ण, मादि, माछापुच्छ्रे, रुपा गाउँपालिका समिति, पाेखरा महानगर महिला समिति सहित पाेखरा महानगरका ३३ वटा वडा समितिका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला समिति कास्किको बार्षिक कार्यक्रमहरुको प्रतिवेदन सहित दुई बर्षको आर्थिक हिसावको प्रतिवेदन पेश गरिएको थियो ।
भित्तेपात्रो २०८३ तयारिका लागि तोकियको उपसमितिमा संयोजक पदम बहादुर कार्की, सदस्यहरु क्रमश बेल बहादुर थापा, ज्ञान बहादुर कार्की, गिता थापा, रामचन्द्र ढकाल क्षत्री रहेका थिए ।
कार्यक्रममा सबैभन्दा बढि बिज्ञापन खोजि गरि सहयोग पुर्याउनु हुने जिल्ला समिति सदस्य धुर्व बहादुर थापा, कार्यक्रम संयोजक पदम बहादुर कार्की, प्रमुख अतिथि रिव बहादुर थापाज्यूलाई मायाको चिनो सहित सम्मान गरियको थियो ।
सो कार्यक्रममा समाजले तयार गरेको एक हजार भित्ते पात्रो जिल्ला समिति कास्कीका पदाधिकारीहरु सहित समाजका भातृ समाजहरु र बिज्ञापनदाताहरुलाई वितरण गरिएको छ ।