जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–१७ सितापाइला मार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । ग २६ प ३३६७ नम्बरको स्कुटर चालक पोखरा–१७ घारीपाटन बस्ने १७ वर्षीय रबिन सुनारले स्कुटर चलाउने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर पछाडि सवार मुलकुनाकी १६ वर्षीया जेनिसा क्षेत्री गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो , उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक क्षेत्रीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।