जन्मभुमि खबर ,
पोखरा ।
पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन् ।
सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरी अचेत अवस्थामा अस्पताल पुर्याए पनि चिकित्कसले मृत घोषणा गरेका थिए ।
गुरुङले चलाइरहेको बीएए १५८२ नम्बरको कार फेवातालमा खसेको थियो । उक्त कार क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले बताएको छ ।