जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पोल्याण्डमा जागिर लगाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका ११ घर भई हाल पोखरा ६ बस्ने २८ वर्षीय बिरेन्द्र रावत छन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत होटल र विभिन्न कम्पनीमा काम लगाइदिने भनेर ठगी गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए । आफू कानुन व्यवसायी रहेको र श्रीमानले पोल्याण्डमा होटल सञ्चालन गरिरहेको भन्दै पौडेलले पैसा मागेकी थिइन् ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।