जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उपचार गर्न आर्थिक सहयोगका निम्ति समर्थकसामु सावित्राको गुहार

जन्मभुमि खबर ,

पोखरा ।

चोटका कारण गत सात हप्तादेखि मैदानबाहिर रहेकी नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले स्वास्थ्य उपचार गर्न आर्थिक सहयोगको अपिल गरेकी छन् ।

सोमबार (फागुन ११) साम्बाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य उपचारका निम्ति समर्थकसामु आर्थिक सहयोगको निम्ति अपिल गरेकी हुन् । घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेपछि अस्ट्रेलियन शीर्ष डिभिजन लिग खेल्न न्युजिल्यान्ड गएकी सावित्रा गत सात हप्तादेखि मैदानबाहिर छिन् ।

“मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ,” सामाजिक सञ्जालमा सावित्राले पीडा पोख्दै भनेकी छन्, “यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ ।  त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु ।”

।सावित्रा आबद्ध अस्ट्रेलियन शीर्ष डिभिजन महिला क्लब वेलिंघटन फोनिक्स एफसीले गत जनवरीमा उनको स्वास्थ्य जाँचका क्रममा घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेको पुष्टि गरेको थियो ।

सावित्राले सामाजिक सञ्जालमा उक्त शल्यक्रियाको निम्ति ८० हजार अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान व्यक्त गरेकी छन् । यसअघि पनि चोटका कारण सन् २०२१ मा उनको कतारस्थित अस्पेटार अस्पतालमा एसीएलको शल्यक्रिया गरिएको थियो । यसपटक शल्यक्रिया गरेर हालिएको ग्राफ्टमा पनि गम्भीर चोट लागेको साम्बाले खुलाएकी छन् ।

साम्बाले सातदेखि आठ महिनासम्म नियमित उपचार (रिह्याब) गर्नुपर्ने बताएकी छन् । जसको निम्ति क्लबबाट बिमाबापत प्राप्त हुने रकम अपुग रहेको उनको भनाइ छ ।

सावित्राले अखिल नेपाल फुटबल संघ (एन्फा)ले वाचा गरेअनुसारको सहयोग आफूले प्राप्त नभएको बताएकी छन् ।

यस्तो छ सावित्राको अपिल