जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप , १२ वर्षपछि उपाधी चुम्यो सहाराले

जन्मभुमि खबर ,

पोखरा ।

आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो ।

सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक-एक गोल गरे । २५औं मिनेटमा निउरेले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा दिनियलले गोल गर्दै अग्रता दोब्बर पारे ।

सहाराले पछिल्लोपटक विसं २०७० सालमा उपाधि जितेको थियो । १२ वर्षपछि फाइनल पुग्दा सहाराले उपाधि जित्न सफल भयो ।

उपाधि विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।