जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ताको माग राखेर महान्यायाधिवक्ता कार्यालयमा रविको पुरक निवेदन

जन्मभुमि खबर ,

पोखरा ।

रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पुरक निवेदन दिएका छन् ।

लामिछानेविरुद्ध पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय मुद्दा फिर्ताका लागि पुरक निवेदन दिएको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बाह्रखरीलाई जानकारी दिए । “लामिछानेले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ताको माग राखेर पुरक निवेदन दिनुभएको छ,” ती अधिकारीले भने, “जेनजी आन्दोलन आसपास पनि मुद्दा फिर्ताका लागि निवेदन परेको थियो, ‘उच्च अदालत बुटबल इजलासबाट जमानतमा थुनामुक्तीपछि केही दिन अघि अर्को निवेदन परेको छ ।”

प्रहरी छानविनपछि लामिछानेविरुद्ध काठमाडौं, पोखरा, रुपन्देही, पर्सा र चितवन अदालतमा सहकारी ठगीलगायतका मुद्दा विचाराधीन छन् ।

लामिछानेले मुद्दा फर्ताका लागि दिएको पूरक निवेदनमा निर्णय हुन भने बाँकी छ । गोर्खा मिडियाका अध्यक्ष जीवी राई, संचालक रहेका पूर्व डीआइजी छविलाल जोशी वञ्जाडे लगायतसँगको मिलेमतोमा सहकारी ठगीको आरोपमा मुद्दा चलिरहेको छ । जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले धरौटी तथा जमानतमा छाडेपछि उनी यतिबेला राजनीतिमा सक्रिय छन् ।