जन्मभुमि खबर ,
पोखरा ।
सूर्यचन्द्र विकास समाज पोखरा ५ मालेपाटनले मानव सेवा आश्रम छोरेपाटनमा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
शुक्रबार समाजले आश्रममानै पुगेर २० हजार बराबारको खाद्यान्न सामाग्री सहयोग गरेको सस्थाका माहासचिव दिपक बरालले जानकारी दिए ।
सामाग्री समाजका अध्यक्ष सावित्री कोइराला,वडा ५ का जनप्रतिनिधि वडा सदश्य मणिराम बराल,उपाध्यक्ष हेमराज भण्डारी,जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्री,पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली, वडा अन्जु क्षेत्री लगाएत पूर्व अध्यक्ष,अक्षयकोषदाता संस्थाका पदाधिकारी लगाएतले आश्रमका सह–संयोजक सन्जु मोक्तान र सोहि संस्थाका अभिभावक एबम् पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतमलाई लाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष सावित्री कोइरालाले संस्थाले सामाजिक उत्तरदायित्व अन्रतर्गत बिभिन्न क्षेत्रमा सहयोग गदै आइरहेकोमा यस पटक मावस सेवा आश्रममा सहयोग गरेको बताइन् । उनले आगामि दिनहरुमा पनि यस्ता खालका सहयोग गर्दै जाने उल्लेख गरिन्।
जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्रीले संस्थाको सहयोग प्रति प्रशंसा ब्यक्त गरिन् । उनले वडाको तर्फ पनि आश्रमलाई सक्दो सहयोग गर्ने उल्लेख गरिन् ।समाजका उपाध्यक्ष हेमराज भण्डारीले समाजको तर्फबाट आफैले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता सहयोगहरु फेरी पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त आश्रमकि अभिभावका एबम् पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतमले सहयोगि संस्था प्रति धन्यबाद ब्यक्त गदै संस्थालाई यस्तै सामाजिक काम गर्न आग्रह गरिन् । उक्त छोरेपाटन आश्रममा हाल ९० जना महिला र बालिकाहरुले आश्रय लिइरहेका छन् ।
समाजका अध्क्षय साबित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव दिपक बरालले गरेका हुन् ।