जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछाने रिहा

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक जमानत बुझाएपछि छुटेका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी शुक्रबार साँझ छुटेका हुन्। त्यस बराबरको बैंक जमानत बुझाएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।