जन्मभुमि खबर ,
पोखरा ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । करिब १३ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियारले अनुसन्धान गरेको थियो । इआईए नगरी आयोजना निर्माण गरेको, निर्माणमा अनियमितता गरेकोलगायत कसुर स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
७ जनालाई प्रतिवादी बनाइएकोमा अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्। अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ।