जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
पुरानो एयरपोर्ट नजिकैको सडकमा आज ग १ ख ९५९७ नम्बरको बस र ग १० प ११८६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ४५ वर्षीय मेरमान गुरूङको ज्यान गएको हो । स्याङ्जाको बिरूवा गाउँपालिका–७ लामडाँडा घर भई हाल पोखराको बिरौटा बस्दै आएका गुरूङ दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।