जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तारिख बुझ्न रवि लामिछाने पोखरामा

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत कास्की पुगेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौँबाट  पक्राउ परेका उनी पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

यसैबीच पोखरा पुगेपछि रवि भावुक भएका छन् ।

उनले फेरि आफ्नी पत्नी निकिता पौडेल लामिछानेको जन्मदिनकै दिन आज कास्की जिल्ला अदालत भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, मलाई सम्झना छ- अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यहि कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यहि गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दहि खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यहि कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ। गत वर्ष प्रहरी साथी हरुको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यहि गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ वाँकि नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौं शुभकामना । संसार भरिका देवी देउताले तिम्रो रक्षा गरून ।