जन्मभुमि खबर ,
पोखरा ।
उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्।
कुलमान र रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।
दुई जनाबीच सहमति भएको हामी नेपालका संस्थापक सुदन गुरूङले बताए।
रास्वपाका उपसभापति डिपी अर्यालले पनि तीन जना मिलेर जाने सहमति भएको बताए।
सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुँदैछ,’ उनले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए।
त्यसै क्रममा सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले अहिले कुलमान घिसिङलाई आफैले गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगेका थिए।