बालेनलाई भेटेर निस्कँदै रविले भने– अनुहारमा जे देख्नु भो, त्यही हो
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेटेर निस्किएका छन् ।
वार्तास्थलबाट निस्किदै रविले भने, “अनुहारमा के देख्नु भो, त्यही हो ।”
त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?,’ उनलाई प्रश्न गरिएको थियो ।
जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’
उनी एक्लै निस्किएका हुन् । वार्तामा सहभागी भएका अमरेश कुमार सिंह, बालेन निस्किएका छैनन् ।