जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा प्रहरीको हतियार लुट्ने १६ वर्षीय नाबालक पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

जेन-जी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक बालक पक्राउ परेका छन् ।

कास्कीको वडा प्रहरी कार्यालय बगरबाट लुटिएको हतियारसहित पोखरा महानगरपालिका-४ बस्ने १६ वर्षीय बालकलाई आइतबार पक्राउ गरिएको हो।

ती युवकको साथबाट कार्यालयबाट लुटिएको चाइनिज पेस्तोल टाइप ५४ समेत बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको बस्नेतले बताए ।