जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ ।
प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको हो ।
जिल्ला प्रशासनले आपतकालीन अवस्थामा सम्पर्कका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आपतकालीन सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ।
