जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा विहीबार दिउँसो च्याङ्ग्रा बोकेको भ्यानले स्कूटरलाई ठक्कर दिँदा एक वृद्धाको निधन भएको छ । उनकी बुहारी घाइते भएकी छन् ।
पोखरा बिन्ध्यवासिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिंदा स्कूटरमा सवार पोखरा १५ नयाँगाउँ एसओएस स्कुल स्थित नव जनशक्ति टोल सुधार निवासी ६३ वर्षीया दुर्गादेवी बास्तोलाको घटनास्थलमै निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
स्कूटर चालक ४३ वर्षीया गोमादेबी बास्तोला घाइते भएकी छन् । उनको हातमा चोट लागेको छ भने मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न भ्यानका चालकलाई भ्यान समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।