जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा असोज १ गतेदेखि विद्यालय खोल्ने महानगरको निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन्। लामो समयदेखि देखिएको असामान्य परिस्थितिका कारण पूर्णरूपमा बन्द रहेका विद्यालयहरूलाई पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले दिएको जानकारीअनुसार, असामान्य परिस्थितिका कारण विगत केही समयदेखि विद्यालयहरू पूर्णरूपमा बन्द भएका थिए ।

विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै र अहिलेको अवस्थालाई मूल्यांकन गरेर विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको उनले बताए ।