जन्मभुमि खबर ,
पोखरा ।
जेनजीको आन्दोलनका क्रममा ठूलो मानवीय क्षतिमा शैक्षिक क्षेत्रमा शोक घोषणा गरिएको छ ।
सोमबार देशका विभिन्न भागमा भएका आन्दोलनमा थुप्रै युवा तथा विद्यार्थीहरुले अमूल्य ज्यान गुमाउनुपरेको भन्दै यस शोकको घडीमा शैक्षिक संस्थाहरुले २ दिनसम्म शोक बिदा घोषणा गरेका हुन् । जसअनुसार २४ र २५ भदौ गरी विद्यालयहरुमा २ दिनका लागि बिदा घोषणा गरिएको हो ।
